News & Events

गुप्तेश्वर बहुमुखी क्याम्पस पर्वतमा स्वबियु सर्बसम्मत ।

Friday Mar 03, 2017

गुप्तेश्वर बहुमुखी क्याम्पस कुश्मा पर्वतमा शिशिर छेत्रीको नेतृत्वमा स्वत्रन्त विद्यार्थी युनियन 

गुप्तेश्वर बहुमुखी क्याम्पस कुश्मा पर्वतको बार्षिकोत्सव सम्पन्न ।

गुप्तेश्वर बहुमुखी क्याम्पस कुश्मा पर्वतको बार्षिकोत्सव सम्पन्न ।

Monday Mar 21, 2016

६, २०७२ , कुश्मा ।

कुश्मा नगरपालिका ८, माझमेला अवस्थित श्री गुप्तेश्वर बहुमुखी क्याम्पसको २४  अाैं  बार्षिकोत्सव तथा २२ अाैं  साधारण सभा सप्ताहव्यापी कार्यक्रमका साथ सम्पन्न भएको छ ।

जिल्लामा सक्रिय राजनैतिक दलहरुका प्रतिनिधिहरु, छिमेकी क्याम्पसका अध्यक्ष तथा प्रतिनिधिहरु, चन्दादाता,  अभिभावक, प्राध्यापक, कर्मचारी, पत्रकार, कलाकार, विद्यार्थी,  विभिन्न संघसँस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको क्याम्पस संचालक समिति अध्यक्ष मथुराकुमार जोशी तथा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । सोही कार्यक्रमको अवसर पारेर क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाइ आफ्ना पितृहरुको स्मृतिमा विभिन्न चन्दादाताहरुले स्थापना गर्नुभएको करीव १ लाख वरावरको छात्रवृत्ति समेत वितरण समेत गरिएको थियो भने प्राध्यापकहरु लीलाधर सुवेदी तथा दिपक कंडेललाइ सम्मान गरिएको थियो ।

गुप्तेश्वर बहुमुखी क्याम्पसमा छात्रवृत्ति वितरण कार्यक्रम   सम्पन्न  ।

गुप्तेश्वर बहुमुखी क्याम्पसमा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न ।

Monday Mar 21, 2016

गुप्तेश्वर बहुमुखी क्याम्पस कुश्मा पर्वतमा २०७२ माघ १४ गते विहिवार एक कार्यक्रमका वीच छात्रवृत्ति वितरण सम्पन्न  गरिएको छ । क्याम्पसले जेहेन्दार,गरिब,अपाङ्ग , दलित तथा जनजाति गरी ४९  जना छात्रछात्रालाई १०७०४०० (एक लाख सात हजार चार सय) रुपैंया वरावरको छात्रवृत्ति वितरण गरेको हाे । प्राध्यापक, कर्मचारी तथा क्याम्पस स‌ंचालक समिति सदस्यहरुको सहभागीता रहेको कार्यक्रममा क्याम्पस स‌ंचालक समिति अध्यक्ष श्री मथुराकुमार जाेशीले उक्त छात्रवृत्ति वितरण गर्नुभएको थियो ।

 

 :

गुप्तेश्वर बहुमुखी क्याम्पसमा भूपु विद्यार्थी समाज तदर्थ समिति गठन

Monday Aug 17, 2015

जेठ २३,

क्याम्पसमा पूर्व अध्ययन पुरा गरेका विद्यार्थीहरुको भेलाद्वारा क्याम्पसमा अायोजित एक कार्यक्रमवीच  प्रेमप्रसाद शर्माको संयोजकत्वमा एघार सदस्यीय भूपु विद्यार्थी समाज तदर्थ समिति गठन गरिएको छ । भूपु विद्यार्थीहरु क्याम्पसका गहना भएका र क्याम्पसकाे समग्र विकासमा उनीहरुकाे ठुलो याेगदान हुन सक्ने यतार्थतालाइ अात्मसाथ गर्दै गठन गरिएको उक्त समितिका अन्य सदस्यहरुमा सह संयोजक तारा पाेखरेल, सचिव बासुदेव उपाध्याय र सदस्यहरुमा याेगराज गिरी,  केदारनाथ अाचार्य, शोभा जि.सी., किशोर सुवेदी, इश्वरी प्रसाद शर्मा, सुमन श्रेष्ठ, अजय अाचार्य र सुनिता अधिकारी रहेका छन ।

त्यस्तै उक्त भेलाले ५ सदस्यीय सल्लाहकार समितिसमेत गठन गरेको छ, जसमा गाेविन्द पहाडि, रामहरी शर्मा, ताेयानाथ उपाध्याय, गुरुप्रसाद उपाध्याय तथा माेहन अाचार्य रहनुभएको छ । उक्त भेलाले याेगराज गिरीको संयाेजकत्वमा तारानाथ शर्मा तथा मञ्जु पाैडेल सदस्य रहने गरी विधान मस्याैदा समिति समेत निर्माण गरेकाे छ ।

क्याम्पसका पूर्व विद्यार्थीहरु, प्राध्यापक, कर्मचारीको बृहत उपस्थितिमा क्याम्पस प्रमुख रामजीप्रसाद सुवेदीकाे सभातित्वमा सम्पन्न भएको उक्त कार्यक्रम, रमेश शर्माले संचालन गर्नुभएको थियो । QAA focal person हिरालाल रेग्मीले स्वागत मन्तव्य राख्नु भएको साे कार्यक्रममा प्राध्यापक संघ गुप्तेश्वर इकाइका सभापति नवराज श्रेक्ष्ठ, भूपु क्याम्पस प्रमुख सुभाष पन्त, लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने उक्त कार्यक्रमका प्रमुख अतिथि क्याम्पस संचालक समिति अध्यक्ष्य मथुराकुमार जाेशी रहनुभएको क्याम्पस सार्वजनिक सूचना समितिका संयाेजक अाेमकार गिरीले जानकारी दिनुभएको छ ।