गुप्तेश्वर बहुमुखी क्याम्पसमा भूपु विद्यार्थी समाज तदर्थ समिति गठन

जेठ २३,

क्याम्पसमा पूर्व अध्ययन पुरा गरेका विद्यार्थीहरुको भेलाद्वारा क्याम्पसमा अायोजित एक कार्यक्रमवीच  प्रेमप्रसाद शर्माको संयोजकत्वमा एघार सदस्यीय भूपु विद्यार्थी समाज तदर्थ समिति गठन गरिएको छ । भूपु विद्यार्थीहरु क्याम्पसका गहना भएका र क्याम्पसकाे समग्र विकासमा उनीहरुकाे ठुलो याेगदान हुन सक्ने यतार्थतालाइ अात्मसाथ गर्दै गठन गरिएको उक्त समितिका अन्य सदस्यहरुमा सह संयोजक तारा पाेखरेल, सचिव बासुदेव उपाध्याय र सदस्यहरुमा याेगराज गिरी,  केदारनाथ अाचार्य, शोभा जि.सी., किशोर सुवेदी, इश्वरी प्रसाद शर्मा, सुमन श्रेष्ठ, अजय अाचार्य र सुनिता अधिकारी रहेका छन ।

त्यस्तै उक्त भेलाले ५ सदस्यीय सल्लाहकार समितिसमेत गठन गरेको छ, जसमा गाेविन्द पहाडि, रामहरी शर्मा, ताेयानाथ उपाध्याय, गुरुप्रसाद उपाध्याय तथा माेहन अाचार्य रहनुभएको छ । उक्त भेलाले याेगराज गिरीको संयाेजकत्वमा तारानाथ शर्मा तथा मञ्जु पाैडेल सदस्य रहने गरी विधान मस्याैदा समिति समेत निर्माण गरेकाे छ ।

क्याम्पसका पूर्व विद्यार्थीहरु, प्राध्यापक, कर्मचारीको बृहत उपस्थितिमा क्याम्पस प्रमुख रामजीप्रसाद सुवेदीकाे सभातित्वमा सम्पन्न भएको उक्त कार्यक्रम, रमेश शर्माले संचालन गर्नुभएको थियो । QAA focal person हिरालाल रेग्मीले स्वागत मन्तव्य राख्नु भएको साे कार्यक्रममा प्राध्यापक संघ गुप्तेश्वर इकाइका सभापति नवराज श्रेक्ष्ठ, भूपु क्याम्पस प्रमुख सुभाष पन्त, लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने उक्त कार्यक्रमका प्रमुख अतिथि क्याम्पस संचालक समिति अध्यक्ष्य मथुराकुमार जाेशी रहनुभएको क्याम्पस सार्वजनिक सूचना समितिका संयाेजक अाेमकार गिरीले जानकारी दिनुभएको छ ।